न्यूनतम साझा कार्यक्रम : पाँच वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने (पूर्णपाठ)

काठमाडौँ । सत्ता साझेदार दलहरुसँगको सहमतिमा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् ।

न्युनतम साझा कार्यक्रममा सरकारले आगामी पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने लक्ष्य सरकारले लिएको छ ।

गतवर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ रहेको थियो । अबको पाँच वर्षभित्र यस्ता वृद्धिदर कम्तिमा १० प्रतिशत पुर्‍याउने लक्ष्य सरकारले राखेको हो ।

त्यस्तै, नेपालको समग्र औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा रहेको तरलता संकुचन, उच्च ब्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलगायत समस्या समाधान गर्न तत्कालै पहल थाल्ने कार्यक्रम निर्धारण गरेको छ ।

वित्तीय, मौद्रिक, पुँजी बजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यकता अनुसार नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने साझा न्यूनतम कार्यक्रम रहेको उनले बताएका छन् ।

राजस्व प्रशासनलाई थप चुस्त, दुरुस्त तथा करदातामैत्री बनाउने, कर छली, आयातमा न्युनबिजकीकरण, चोरी पैठारी, तस्करी तथा हुण्डी कारोबारजस्ता गतिविधिको अन्त्य गर्ने मन्त्री पौडेलले बताए। कर प्रणालीलाई थप प्रगतिशील तथा व्यवसायमैत्री बनाउने, करका दरहरू हेरफेर गर्दा व्यवसायिक तटस्थता कायम गर्नेसमेत मन्त्री पौडेले बताए।

आर्थिक स्थायित्व कायम गर्न औद्योगिक नीति, सरकारी वित्त नीति, राजस्व नीति र मौद्रिक नीतिबीच तादत्म्यता कायम गर्ने समेत घोषणा गरिएको छ । सरकार, निजी क्षेत्र, सहकारी तथा सामुदायिक क्षेत्रको सहभागितामा द्रुत विकासको वातावरण सिर्जना गरिनेसमेत अर्थमन्त्री पौडेलले बताए ।

प्रदेश तथा संघको कार्यक्षेत्रमा दोहोरो भूमिका भएका अनावश्यक संरचनाहरू खारेज गर्ने, पूर्वाधारको क्षेत्रमा सञ्चालित अधुरा आयोजना कार्यान्वयनमा तीव्रता दिने पनि कार्यक्रममा उल्लेख छ। विनिमय दर जोखिम व्यवस्थापन गर्न भरपर्दो हेजिङ्ग सेवाको सुरुवात गर्नेसमेत घोषणा गरिएको छ।

यस्ताे छ न्युनतम साझा कार्यक्रमकाे पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *