मधेस : जसपा संसदीय दलको नेतामा राउत र यादवको उम्मेदवारी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशमा संसदीय दलका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरधामस्थित जसपा पार्टी कार्यालय पुगेर मुख्यमन्त्री राउत र निवर्तमान सभामुख यादवले दलका नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् । दलका नेताका लागि दुई जनाको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताए ।

दलका नेताका अर्का आकांक्षी सांसद रामअशिष यादवले उम्मेदवारी नै दर्ता गराएनन् । स्रोतका अनुसार उनले निवर्तमान सभामुख यादवलाई समर्थन गरेका हुन् । मधेस प्रदेशमा जसपाको १६ सांसद छन् । दलका नेता बन्नेले मुख्यमन्त्री बन्ने अवसर पाउने छन् ।

सत्तारुढ दलहरुबीच मधेस प्रदेशमा पहिलो चरणमा जसपालाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ । प्रकाशित चुनावी तालिका अनुसार सोमबार साँझ ५ बजेबाट ६ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *