गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटना, मृतक चारमध्ये तीन नेपालीको सनाखत

काठमाडाैँ । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरू कैलाली टीकापुरका हुन् ।

प्रहरीकाअनुसार टीकापुर नगरपालिका-१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहरा रहेको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्ति भने भारतीय चालक हुन् ।

दुर्घटनामा परी १७ जना घाइते भएका छन् । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *