मनकामना केबलकार ११ दिनपछि सुचारु

पोखरा । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार पुनः सञ्चालनमा आएको छ । विद्युत् आपूर्तिमा समस्या आउँदा प्यानलबोर्डमा क्षति पुगेपछि मर्मतका लागि बन्द गरिएको केबलकार ११ दिनपछि सञ्चालनमा आएको हो ।

मर्मतका लागि केबलकार निर्माता कम्पनीलाई अस्ट्रियाबाट झिकाइएको थियो । डोपलमेयर कम्पनीका प्राविधिक आएर केबलकार मर्मत गरेका हुन् ।

पुस ११ गते प्यानल बोर्डमा आगलागी भएपछि केबलकार पूर्ण रूपमा बन्द भएको स्टेशन म्यानेजर उज्ज्वल शेरचनले बताए । केबलकार सञ्चालनमा आएसँगै मनकामना पुग्ने दर्शनार्थीको भीड लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *