टोखामा चाकु बनाउने चटारो (तस्बिरहरू)

काठमाडौँ । चाकुका लागि नेपालकै प्रसिद्ध ठाउँ हो टोखा । टोखालाई चाकुको पकेट क्षेत्र समेत मानिँदै आएको छ । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा टोखाका व्यवसायीहरूलाई अहिले चाकु बनाउने चटारोले छोपेको छ।

काठमाडौँ उपत्यकाको पुरानो नेवार बस्ती भएको शहरमध्ये एक टोखा बजारमा अहिले बजार प्रवेश गर्ने मुख्य द्वार पुग्नुभअघि नै चाकुको मगमग बास्ना आउँदछ। अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीलाई हिजोआज भने चाकु बनाउन भ्याईनभ्याई छ।

अहिले नेपाली बसोबास गरेका विश्वका विभिन्न शहरहरुबाटसमेत टोखाको चाकुको माग भएपछि उनीहरू बढी व्यस्त भएका हुन् । यो सिजनमा टोखामा मात्र करिब ५ लाख केजी चाकु उत्पादन हुन्छ । जुन माघे सङ्क्रान्तिमा नेपालभर माग हुने चाकुको ७० प्रतिसत भन्दा बढी हिस्सा हो ।

काठमाडौँ उपत्यकामा हरिसिद्धी , भक्तपुर, पाटन, कीर्तिपुर लगायतका क्षेत्रमा पनि चाकु बनाइन्छ । तर उपत्यकाको ८० प्रतिशतभन्दा बढी चाकुको माग टोखाले पूर्ति गर्दछ । टोखामा हाल साना र ठुला गरेर ११ वटा परम्परागत चाकु बनाउने कारखाना रहेका छन् । जसमा बाजेकै पेसा अँगालेका नाति उद्यमीहरू बढी छन् । उनीहरूले अहिले पनि १०० वर्षअघिकै प्रविधि प्रयोग गर्दै उही स्वादमा चाकु उत्पादन गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =