कुञ्ज नाटकघरमा ‘गच्छामी’ (तस्बिरहरू)

काठमाडौँ । आरोहण गुरुकुलको थापागाउँस्थित कुञ्ज नाटकघरमा नाटक गच्छामी मञ्चन भइरहेको छ ।

बुद्ध सम्बन्धी विभिन्न पुस्तकहरूको आधारमा नाटक तयार पारिएको छ । त्यसमध्ये पनि पुण्य प्रसाद प्रसाईँको पुस्तक ‘गौतम बुद्ध’ लाई विशेष आधार बनाएर नाटक गच्छामी तयार पारिएको परिकल्पनाकार तथा निर्देशक सुनिल पोखरेल बताउँछन् ।

लुम्बिनीमा जन्मिएका शाक्यमुनि युवराज सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजकाज, दरबार र परिवारलाई छाडेर गएदेखि बोधगयामा बुद्धत्व प्राप्त गरेर लुम्बिनी फर्किएको कथा सम्म नाटकमा समेटिएको छ । शाक्यमुनी बुद्धका परिवारले बुद्धलाई ‘बुद्ध’ बनाउन गरेको योगदानलाई समेत नाटकमा देखाइएको छ ।

सुनिता बजगाईँ, राज न्यौपाने, सुवास तिमल्सिना, राजेन्द्र कट्टेल, सौजन लिम्बु लगायतका कलाकारहरूको अभिनय रहेको ‘गच्छामी’ लाई वीरेन्द्र हमालले सह-निर्देशन गरेका छन् ।

पौष १२ गतेदेखि मञ्चन भएको नाटक पौष २३ शनिबारसम्म नियमित मञ्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *