पूर्वाञ्चल विश्वविद्यालयको स्थापना दिवस : ९ प्राध्यापक र २० कर्मचारी दीर्घ सेवा पदकबाट विभूषित

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो स्थापना दिवसमा उत्कृष्ट कर्मचारी तथा प्राध्यापकलाई सम्मान गरेको छ। भने विभिन्न सेवा पदकबाट विभूषित गरेको छ। स्थापना दिवसका अवसरमा विश्वविद्यालयका नौ जना प्राध्यापक र २० जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभूषित गरेको हो । दीर्घ सेवा पदकबाट विभूषित हुनेहरूमा प्रा. मोहनबहादुर बस्नेत, सह प्राध्यापकहरू बोधहरी आचार्य, डा. रमेश बाबु काफ्ले, डा. धर्मेन्द्रकुमार सिंह, बालेन्दु हमाल ठकुरी छन् । उप प्राध्यापकहरू दिनेशराज सुवेदी, डा. दिलिपकुमार भगत, डा. निरजकुमार मिश्र र रामनारायण विच्छा दीर्घ सेवा पदकबाट विभूषित भए ।

कर्मचारी तर्फ सुकेश कर्ण, धिरेन्द्र कुमार मल्लिक, रमेशप्रसाद अधिकारी, अञ्जना शर्मा, लक्ष्मी कार्की खड्का, दीपकराज कार्की, नारायणप्रसाद पोखरेल, उर्मिला श्रेष्ठ, राजकुमार सापकोटा, लक्ष्मी पोखरेल होमनाथ निरौला, सुजित प्रधान, हरीप्रसाद सुवेदी, प्रल्हाद अधिकारी, भेषराज घिमिरे, सीताराम शर्मा, प्रकाश भुजेल, विगारू राजवंशी, नवकुमारी भण्डारी र जयकृष्ण अधिकारी विभूषित भएका छन् । विश्वविद्यालयले २० वर्ष सेवा अवधि पुरा गरेका प्राध्यापक कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभूषित गर्दै आएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले मुलुकको शिक्षा क्षेत्र थिलथिलो भएका यसबाट जोगाउन संवेदनशील हुनु पर्ने बताए । विश्वविद्यालयको २९ औँ स्थापना दिवसका अवसरमा उपकुलपति कोइरालाले शिक्षासँग सरोकार राख्ने सबै पक्ष मिलेर शिक्षाको स्तर उकास्न लाग्नुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुको विकल्प छैन, उनले भने, एउटाको बलले मात्र शिक्षा क्षेत्रको सुधार हुँदैन सामूहिक प्रयास गरौँ शिक्षा क्षेत्रको स्तर उकास्न तर्फ लार्गौँ ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश्वर दाहालले विभूषित प्राध्यापक र कर्मचारीलाई बधाई दिँदै शैक्षिक तथा विश्वविद्यालयको उन्नयनमा क्रियाशील हुन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *