फोहरबाट मल बनाउँदै भृकुटीमण्डप, आफ्नो फोहर आफैँ व्यवस्थापन

कम्पोष्ट मलमा आत्मनिर्भर हुँदै

काठमाडौँ । भृकुटीमण्डपबाट निस्केने फोहरबाट कम्पोष्ट मलकाे परीक्षण उत्पादन सुरू गरेकाे छ । मण्डपबाट निस्किने कुहिने फोहोरलाई संकलन गरी कम्पोष्ट मल परीक्षणकाे रूपमा उत्पादन थालिएकाे भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख दुर्गाप्रसाद भट्टराईले बताए ।

उनका अनुसार हाल कार्यालय कुहिने फोेहोरलाई कम्पोष्ट मल बनाउन १० ओटा कम्पोष्ट बिन(ठूला बाल्टिन)मा राखेर परीक्षण गरिरहेको छ ।

भृकुटीमण्डपको फोहोरलाई ‘फोहोरमैला व्यवसायी’ले व्यवस्थापन गर्दै आएका छन् । भट्टराईका अनुसार फोहोरमैला व्यवसायी र प्रदर्शनी स्थलका गर्ने व्यापारीबीच फोहोर व्यवस्थापनका लागि समन्वय गरिएको छ ।

उक्त समन्वयअनुसार व्यापारीहरूले उत्पादन भएको फोहोर फोहोरमैला व्यवसायीलाई जिम्मा लगाउने गरेका छन् । जम्मा भएको फोहर मध्ये कुहिने फोरजति व्यवसायीले कार्यालयलाई जिम्मा दिन्छन् । कार्यालयले त्यसबाट मल बनाउँछ ।

‘यहाँभित्र फोहोर मैला व्यवसायी छ,’ उनले भने, ‘मण्डपभित्रका व्यापारीले उत्पादित फोहोेरमैला फोहोेरमैलाको काम गर्ने व्यवसायीलाई दिन्छन् । ती व्यवसायीले संकलन गरेको मध्ये कुहिने फोहर कार्यालयले पाउँछ । उक्त फोहर बिनमा राखेर मल बनाइने छ ।’

काठमाडौँ महानगरपालिकाले उत्पादित फोहोर १ रात पनि थुपार्न नपाइने भनेर भृकुटी मण्डपलाई निर्देशन दिइएको छ ।

भृकुटीमण्डपमा साना–ठुला गरी थुप्रै बगैँचाहरू छन् । ती बगैँचाहरूमा मल चाहिन्छ । कार्यालयले बगैँचामा मलको आवश्यकता पूरा गर्न कम्पोष्ट मल बनाउन लागेको हो ।

भृकुटीमण्डपमा दैनिक ५० बोरा कुहिने फोहोर उत्पादन हुन्छ । फोहोर मैला व्यवसायीले उक्त फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउँछ । उत्पादित कुहिने फोहोरलाई व्यवस्थापन गर्न पनि मल उत्पादनको परीक्षण थालिएको उनले बताए ।

कार्यालयले अहिले १० वटा कम्पोष्ट बिनको व्यवस्था गरेयको छ । उत्पादन भएका कुहिने फोहोरलाई दैनिक त्यहाँ लगेर राख्ने गरिएको छ । त्यसबाट कम्पोष्ट मल उत्पादन भइरहेको छ । उक्त मल पण्डपभित्रको फुलबारी तथा बोटविरुवाका लागि प्रयोग गरिएको कार्यालय प्रमुख दुर्गाप्रसाद भट्टराईले जानकारी दिए ।

कम्पोष्ट मल बनाउने योजनालाई अझ विस्तारित रुप दिने कार्यालयको योजना छ । यसका लागि ठुलो कम्पोष्ट बिन र कम्पोष्ट पिट (कम्पोष्ट मल बनाउने आधुनिक खाडल) नै बनाउन आवश्यक रहेको भट्टराईले बताए । उनले भने ‘हामीले ठुलै केही गर्ने भनेर कम्पोष्ट पिट बनाउने योजना बनाएका हौँ ।’

कार्यालय प्रमुख भट्टराईका अनुसार काठमाडौँ महानगरले भृकुटीमण्डपलाई मल बनाउन प्राविधिक सहायता र ज्ञानसमेत दिए छ । फोहोर व्यवस्थापनका लागि कम्पोष्ट मल बनाउने उपाय एकदमै उपयुक्त रहेको बताए । उनि फोहोर फाल्न दुई घण्टा पनि कुर्न नपरेकोले खुसी छन् ।

उनले भने ‘धेरै मात्रामा कुहिने फोहोर उत्पादन हुनेगर्दा अब दुई घण्टा पनि कुर्न परेन । जतिखेर फोहोर उत्पादन भयो त्यत्तिखेर नै कम्पोष्ट बिन वा कम्पोष्ट बिनमा लगेर हालिदिए भयो ।’

कार्यालय आफैँले कम्पोष्ट मल बनाउनु एक उदाहरणीय काम हो । यो कामको अनुशरण हामी सबैले गर्नु आवश्यक छ । हाम्रा घर, विद्यालय, कार्यालयबाट निस्केको कुहिने फोहोरलाई हामी आफैँ पनि कम्पोष्ट मल बनाउन सक्छौँ । माटोको उर्वरा शक्तिलाई बढाउन सक्छौँ ।

तस्बिरहरू : सराेज बस्नेत 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *