सराङकोटबाट हटाइयो प्याराग्लाइडिङ, अब के हुन्छ ? 

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यसअघि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ उडान मान्द्रेढुंगामा सारिएको छ । अहिलेसम्म सराङकोटबाट पोखरामा प्याराग्लाइडिङ उडान हुने गरेको थियो । यसबाहेक मान्द्रेढुंगा, तोरिपानी र तामागी स्पट थिए । चल्तीका ३ स्पट अब बन्द भएको छ ।

पोखरा आउने अधिकांश पर्यटकको रोजाइको गन्तव्य प्याराग्लाइडिङ हो । तर अब पोखरामा प्याराग्लाइडिङको भविष्य नै नरहने अवस्था देखिएको छ । हाल सराङकोटबाट ५ किलोमिटर पर मान्द्रेढुंगामा प्याराग्लाइडिङ उडानको ठाउँ तोकिएको छ, त्यो पनि निश्चित समयमा लागि मात्रै । नागरिक उड्डयन प्राधिकरणले जहाजमा उड्ने यात्रुको सुरक्षित यात्राका लागि यस्तो निर्णय लिएको बताएको छ ।

प्राधिकरण पोखराका प्रमुख विक्रम गौतम भन्छन्, ‘सेफ्टी कम्परमाइज गरेपछि ब्ल्याक लिष्टमा पर्छौं । आकाशमा उडेपछि लाइफ र सम्पत्तिलाई जोगाउने जिम्मेवारी हो । रेगुलेटरले थ्रेट मात्रै गर्दैन, पेनाल्टी नै गर्छ ।’ यसअघि जुनसुकै समयमा उडान हुँदै आएकोमा अब ११ बजेदेखि ३ बजेसम्म करिब ४ घण्टा मात्रै उडान हुन पाउँछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सेन्टरबाट १८.५२ किलोमिटर भित्र प्याराग्लाइडिङ, बेलुन लगायत उडान गर्न नपाइने प्राधिकरणले जनाएको छ । मान्द्रेढुंगाबाट पनि १ महिना परीक्षण उडान गराउने र जहाजलाई समस्या भए त्यहाँबाट पनि हटाउनुपर्ने अवस्था आउने गौतमले बताए । ‘एक महिनाको समय दिएका छौं । यो समयमा उडान गरेर परीक्षण गर्छौं,’ उनले भने, ‘त्यहाँ केही कण्डिसन छन् । पूरा भए समस्या हुन्न नत्र सोच्नुपर्ने अवस्था आउँछ ।’

पोखरामा ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनी छन् भने ३ सय भन्दा बढी पाइलट छन् । अहिले प्याराग्लाइडिङ पोखराको ब्राण्ड बन्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *