चीनले भन्यो- ‘पोखरा एयरपोर्ट बीआरआईअन्तरगतको परियोजना’

काठमाडाैँ । पोखरामा निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल उद्घाटन गर्ने तय भएको हाे ।

उद्घाटन हुन लागको विमानस्थल निर्माण ऋण सहयोग गरेको चीनले यो परियोजना उसको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गतको भएको बताएको छ । तर, नेपालले भने चिनियाँ ऋण सहयोग बीआरआईअन्तरगतको नभएको बताएको छ ।

नयाँ आधुनिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पोखरावासीको पचास वर्षदेखिको सपना साकार भएको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावासले बधाई दिएको हो । उसले भनेको छ, ‘यो नेपाल चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो, नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई ।’

तर नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले भने यो बीआरआईअन्तर्गतको परियोजना नभएको बताएका छन् । उनकाअनुसार नेपालले बीआरआईमा सहभागी हुने सहमति जनाए पनि त्यसअन्तर्गतको परियोजनाका लागि चिनियाँ ऋण लिने वा नलिने कुनै निर्णय गरिसकेको छैन ।

यो पनि : प्रधानमन्त्री प्रचण्डले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गर्ने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =