टुँडिखेलमा तमु ल्होसारको रौनक (तस्बिरहरू)
२०७९ पुस १५ गते

काठमाडौँ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । ‘तमु’ भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ‘ल्होसार’ भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । आज काठमाडौँमा बसोबास गरिरहेका तमुहरूले टुँडिखेलमा ल्होसार मनाएका छन् । वसन्तपुरमा भेला भई गुरुङ संस्कृति झल्कने विभिन्न झाँकी प्रदर्शन गर्दै टुँडिखेलमा ल्होसार मनाइँदै छ ।
तस्बिरहरू

२०७९ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








