श्रीमतीको हत्या गरी करेन्ट लागेकाे भनेर ढाँट्ने श्रीमान पक्राउ

जनकपुरधाम । श्रीमतीको हत्या गरी करेन्ट लागेर मृत्यु भयो भनेर ढाँट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ७ वेलापट्टिका श्रीराम साह छन् ।

प्रहरीका अनुसार साहले ३० वर्षीया श्रीमती कवितादेवी साहको कुटपिट गरी हत्या गरे । तर करेन्ट लागेर मृत्यु भयो भनेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखेपछि उनलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका साहका १४ महिनाको छोरा कार्तिक कुमार साह घाईते भई उपचारको लागि काव्या अस्पताल जनकपुरमा ल्याएको सूचना प्रहरीले पाएपछि त्यहाँ पुगेर अनुसन्धान गरेको थियो । त्यसपछि घटनाको रहस्य बाहिरिएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीले कविताको हत्या पश्चात उनी प्रयोग गर्ने मोवाइल श्रीमान श्रीरामले लुकाएर राखेको र घटनाका बेला उनले प्रयोग गरेको लुगामा रगत लागेको अवस्थामा बरामद भएको पनि जनाएको छ ।

यो घटना दुई दिन अगाडिको हो । उनको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । हत्या आरोपमा पक्राउ परेका श्रीरामलाई अदालतबाट म्याद थप गराई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *