हारबाट जोगियो टोटनह्याम

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत टोटनह्याम ब्रेंटफोर्डसँग हारबाट जोगिएको छ । २-० गोल अन्तरले पछि परेको टोटनह्यामले खेलको दोस्रो हाफमा कम्ब्याक गर्दै खेल बराबरी गरेपछि हारबाट जोगिएको हो ।

ब्रेंटफोर्डका लागि खेलको १५औं मिनेटमा भिटाली जानेल्टले पहिलो गोल गरेका थिए भने खेलको ५४औं मिनेटमा इभान टोनीले दोस्रो गोल गरेका थिए । त्यसपछि टोटनह्यामका लागि खेलको ६५औं मिनेटमा ह्यारी केन र ७१औं मिनेटमा पिएरे एमिले होज्वजेर्गले गोल गरेका थिए ।

बराबरी खेलेको टोटनह्यामको यस खेलमा एक अंकपछि प्रिमियर लिगमा १६ खेलमा ३० अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै ब्रेंटफोर्डको १६ खेलमा २० अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *