आर्सनलको लय कायमै, जोड्यो तीन अंक

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ । विश्वकपपछि शुरु भएको प्रिमियर लिगको खेलमा आर्सनलले विजयी शुरुवात गरेको हो ।

गएराती सम्पन्न खेलमा आर्सनलले वेस्टह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । आर्सनलको जितमा बुकायो साका, गाब्रियल मार्टीनेली र एडी एनकेटीहले एक एक गोल गरेका थिए । त्यस्तै वेस्टह्यामका लागि सेड बेन्राहमाले पेनाल्टी मार्फत एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको १५ खेलमा ४० अंक भएको छ र दोस्रो स्थानमा रहेको न्यूक्यासाल युनाइटेडभन्दा आर्सनल ७ अंकले अगाडी रहेको छ । त्यस्तै वेस्टह्यामको १६ खेलमा १४ अंक भएको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *