प्रदेश १ : एमाले संसदीय दलकाे नेतामा कार्की

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीयदलकाे नेतामा हिक्मतकुमार कार्की चयन भएका छन् ।

प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बाेकाे प्रस्ताव र रेवती रमण भण्डारीको समर्थनमा कार्की दलकाे नेतामा चयन भएका हुन् ।

दलकाे बैठकमा नेकपा एमालेका प्रदेश अध्यक्ष तुलसी न्यौपाने, प्रदेश इन्चार्ज देवराज घिमिरे लगायत केन्द्रीय सदस्यहरू पनि सहभागी थिए । बैठकले प्रमुख सचेतक र सचेतक चयन भने गर्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *