राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोटमा

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देन राजनीतिक छलफलका लागि ओली निवास पुगेका हुन् ।

लिङ्देन झापाबाट आए लगत्तै बालकोट गएका हुन् ।

माओवादी महासचिव देव गुरुङ पनि बालकोटमा छन् । बालकोटमा माओवादी नेताहरू समेत प्रचण्डलाई कुरिरहेका छन् ।
तर प्रचण्ड भने  बालकोट आउँछु भनेर खुमलटार गएका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *