सत्ता गठबन्धनको बैठक सकियो, राष्ट्रिपति र प्रधानमन्त्री नछाड्ने कांग्रेसको अडान

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि जारी सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठकमा नेपाली कांग्रेसले राष्ट्रिपति र प्रधानमन्त्री पद नछाड्ने अडान राखेको छ ।

बैठकमा गठबन्धन दलका खासगरी कांग्रेस र माओवादी बीच कुरा नमिलेपछि बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका उनको सचिवालयले जनाएको छ ।

माओवादीले अब आफ्ना नेताहरुमार्फत एमाले नेतृत्वसँग सत्ता समिकरणका लागि संवाद सुरु गरेका छन् ।
सुरुवाति चरणको संवादमा प्रचण्डलाई प्रधानमन्त्री दिन एमालेको दोस्रो तहका नेताहरु तयार रहेको बताइएको छ । ठोस संवादका लागि ओली र प्रचण्डको भेट गराउने प्रयास समेत जारी रहेको छ ।

यद्यपी, दुवै पार्टीका नेताहरुले विगतको नेकपामा हुँदाको समयमा भएका धोकाधडीलाई सम्झिएर संशयको अवस्थामा रहेको रहेका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *