नारायणगढका सडक अतिक्रमित घरटहरामा चल्यो डोजर (तस्बिर)

चितवन । नारायणगढ बजारका सडक अतिक्रमित घरटहरामा विगत दुई दिनदेखि लगातार डोजर चलिरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरले पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजारको सडक क्षेत्र मिचेर बनाइएका घरटहरा भत्काइरहेको छ ।

नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडकलाई छ लेनमा विस्तार गर्ने काम भइरहेको छ। यही सडकको क्षेत्र मिचेर बनाइएको घरटहराहरु डिभिजन सडकले भत्काइरहेको छ ।

शुक्रबार पुलचोकबाट लायन्सचोकसम्मका दक्षिणतर्फका घर रआज शनिबार राजमार्गबाट उत्तरतर्फका संरचना भत्काइएको छ ।

सडक डिभिजनले दुईवटा डोजर प्रयोग गरी अवैध संरचना भत्काइरहेको छ । राजमार्गको केन्द्रबाट दायाँ–बायाँ भवन सीमासहित ३१–३१ मिटरको क्षेत्रलाई सडक अधिकार क्षेत्र मानिन्छ । त्यसभित्र दुवैतर्फ ६–६ मिटर भवन सीमा रहन्छ ।

आकस्मिक प्रयोजनका लागि भवन सीमा राख्नुपर्ने सडक डिभिजनको भनाइ छ । ३५ दिनको सूचना निकालेर अतिक्रमित टहरा हटाउन डिभिजन सडकले निर्देशन गरेको थियो । निर्देशनको अटेर भएपछि डिभिजनले डोजर चलाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *