शोभराजलाई आजै साँझ ६ बजे कतार एयरवेजबाट दाेहा हुँदै फ्रान्स पठाइने
२०७९ पुस ८ गते

काठमाडौँ । कुख्यात अन्तराष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई नेपाल सरकारले उनकै देश फ्रान्स पठाउने तयारी गरेको छ ।
अध्यागमन विभागको पर्यटक भिषा शाखाका वरिष्ठ अध्यागमन सहायक जनार्दन रिजालले उनलाई आजै पठाउन हवाइ टिकटको व्यवस्था समेत भइसकको बताए ।
‘हवाइ टिकको व्यवस्था भइसकेको छ,’ उनले मकालुखबरसँग भने, ‘बाँकी तयारीका लागि अहिले मन्त्रालय जाँदै छु ।’
शोभराजलाई फ्रान्स पठाउन कतार एयरवेजको साँझ ६ बजेको टिकटको व्यवस्था गरिसकिएको शोभराजको मुक्तिका लागि सर्वोच्चमा अपिल गर्ने कानुन व्यवसायी गोपाल शिवाकोटीले मकालुखबरसँग बताए ।
उनी कतारको दोहा हुँदै फ्रान्स जाने छन् ।
२०७९ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित









