जेल प्रशासनसँग शोभराजको आग्रह– मलाई मिडियाबाट टाढै राख्नू

काठमाडौँ । सिरियल किलर चार्ल्स शोभराजले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय कारागार प्रशासनलाई आग्रह गरेका छन् । आफू मिडियासँग कुरा नगर्ने भन्दै उनले फोटो समेत खिच्न नदिन आग्रह गरेका हुन् ।

जेलबाट छुटेका उनलाई कारागार प्रशासनले अध्यागमन विभागमा उपस्थित गराएको छ । उनलाई प्रक्रिया पु¥याएर उनकै देश फ्रान्स फर्काउने तयारी भइरहेको छ ।

सर्वोच्च अदालतले उनलाई १५ दिनभित्र प्रक्रिया पूरा गरी फ्रान्स फर्काउन आदेश दिएको थियो । तर, शाभराजले भने फ्रान्सबाट आएका आफन्तहरु हायत होटलमा बसेकोले आफूलाई केही दिन त्यहीँ बस्न दिन आग्रह गरेका छन् ।

शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।

शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेकोमा दोषी प्रमाणित भई कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =