फिफा वरियतामा मोरक्कोको छलाङ, ब्राजिल शीर्ष स्थानमै रहँदा अर्जेन्टिनाको पोजिसन के ?

काठमाडौँ । फिफाले जारी गरेको नयाँ वरियतामा ब्राजिल शीर्ष स्थानमा कायम रहेको छ । हालै विश्वकप जितेको अर्जेन्टिना फिफा वरियतामा दोस्रो स्थानमा उक्लिएको छ । अर्जेन्टिना यस अघि फिफा वरियतामा तेस्रो स्थानमा रहेको थियो ।

विश्वकपको उपविजेता रहेको फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ । फ्रान्स यस अघि चौथो स्थानमा रहेको थियो । यसअघि दोस्रो स्थानमा रहेको बेल्जियम चौथो स्थानमा झरेको छ भने इङल्याण्ड पाँचौँ स्थानमा कायमै रहेको छ ।

यसअघि आठौँ स्थानमा रहेको नेदरल्याण्ड छैटौँ स्थानमा उक्लिएको छ । त्यसैगरी यस अघि १२औँ स्थानमा रहेको क्रोएसिया सातौँ स्थानमा उक्लिएको छ । क्रोएसिया विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो ।

छैटौँ स्थानमा रहेको इटाली आठौँ स्थानमा छ भने पोर्चुगल नवौँ स्थानमा रहेको छ । त्यस्तै यसअघि सातौँ स्थानमा रहेको स्पेन १०औँ स्थानमा रहेको छ । त्यस्तै यसअघि २२औँ स्थानमा रहेको मोरक्कोले छलाङ मार्दै ११औँ स्थानमा उक्लिएको छ । मोरक्कोले विश्वकपमा चौथो स्थान हासिल गरेको थियो । नेपाल भने यसअघिकै १७५औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *