प्रि-क्वाटरफाइनलबाटै बाहिरियाे लिभरपुल

काठमाडौं । काराबाओ कपको क्वार्टरफाइलन समिकरण पूरा भएको छ । विहीबार राति लिभरपुल र म्यानचेस्टर सिटीको खेलसँगै अन्तिम आठको टुंगो लागेको हो ।

सिटीले घरेलु मैदानमा लिभरपुलर्ला ३-२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । सिटीको जितमा एर्लिङ ब्राउट हालान्ड, रियाद महारेज र नाथन एकेले गोल गरे । लिभरपुलका फावियो कार्भाल्हो र मोहम्मद सलाहले गोल गरेपनि हार टार्न सकेन ।

आठ पटकको च्याम्पियन सिटीसँगै म्यानचेस्टर युनाइटेड, चार्लटन एथलेटिक, साउथह्याम्पटन, नटिङ्घम फोरेस्ट, उल्भ्स, न्युक्यासल युनाइटेड र लेस्टरसिटी क्वार्टरफाइनलमा पुगेका छन् ।

युनाइटेडले चार्लटनसँग खेल्दा साउथह्याम्पटन र सिटी भिड्नेछन् । यसैगरी नटिङ्घम फोरेस्टले उल्भ्ससँग प्रतिस्पर्धा गर्दा न्युक्यासल युनाइटेडले लेस्टर सिटीसँग खेल्नेछ । क्वार्टरफाइलन खेल जनवरी ९ मा हुनेछ । अर्को साताबाट प्रिमियर लिगका खेल हुने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *