आफ्नै सांसद र मन्त्रीको हुलबीच निराश भाेजपुरे जनता

काठमाडाैँ । लामो संघर्षपछि देशमा आएको संघीय गणतान्त्रिक शासन व्यवस्थाको सुरुवात भयो । गणत्रान्त्रिक शासन व्यवस्थाभित्र सर्वसाधरण जनताका अपेक्षा धेरै थिए । आफ्ना प्रतिनिधिले आफूले चाहेअनुसारका काम गर्लान् भन्ने जनताको अपेक्षा थियो । जनता आफैँले आफ्ना प्रतिनिधि छान्न पाए ।  तर, आफैँले छानेका प्रतिनिधिले पनि सामान्य र स्वाभाविक कामसमेत नगरेपछि सर्वसाधारण जनतामा निराशा बढ्दै गएको छ ।

देशमा स्थानीय तह, प्रदेश र संघ गरी तीन ओटै शासकीय तहको निर्वाचन भइसकेको छ । २०७४ देखि २०७९ मंसिर ४ सम्मका निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरेर भोजपुरले आधा दर्जनभन्दा बढीलाई आफ्नो प्रतिनिधि वा सांसद चुनिसकेको छ । भोजपुरे जनताले प्रत्यक्षतर्फ ३ जना सासंद निर्वाचित गरेका छन् ।

लेखक : माेहन तामाङ

संघमा सुदन किराती, प्रदेशसभातर्फ निर्वाचन क्षेत्र (क)बाट राजेन्द्र राई र निर्वाचन क्षेत्र (ख)बाट विनोद वान्तवा राई निर्वाचित भएका छन् । प्रत्यक्षतर्फको ३ सँगै समानुपातिकतर्फ भोजपुरले ४ सासंद पाएको छ । साथै एक जना राष्ट्रिय सभाका सदस्यसहित भोजपुरमा सासंदको सख्या अहिले ८ पुगेको छ ।

हरेक निर्वाचनमा भोजपुबाट निर्वाचित भएकाहरुले सरकारको कुनै न कुनै मन्त्रालय वा कार्यकारी ओहदा प्राप्त गरेकै छन् । अझ भनौँ हरेक पटकको सरकार गठन हुँदा भोजपुरेले कार्यकारी जिम्मेवारी पाएकै छन् । अहिलेकी र यसअघिकी अर्थात् २ कार्यकाल नेपालकै पहिलो महिला राष्ट्रपति बन्न सफल विद्यादेवी भण्डारीको समेत जन्म स्थान भोजपुर हो । जिल्लाले डेढ दशकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री, सूचना तथा सञ्चार मन्त्री र सरकारका प्रवक्ता, प्रदेश नं. १ को दुई मुख्यमन्त्री जस्ता सरकारको कार्यकारी पदमा भोजपुरे सांसद नेताहरु पुगेका छन् । बहालवाला सूचना तथा सञ्चार मन्त्री सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पनि भोजपुर जिल्लाकै हुन् ।

तर, भोजपुरको विकासले फड्को मार्न सकेकै छैन । अहिले पनि भोजपुरबासी आधारभूत आवश्यकतासमेत पूरा हुन सकेकै छैन । भोजपुर सधैँ अविकासकै भूमरीमा रुमल्लिरहेको छ ।

अझै भोजपुरका सबै जनतामा विद्युत्को पहुँच पुगेको छैन । भोजपुरको विद्युत विस्तार गर्ने र भोजपुरलाई उज्यालो अभियानका अगुवा मानिएका ज्ञानेन्द्रबहादुर कार्कीलाई हराएका जनता अहिले चाहीँ चुकचुकाई रहेका छन् । दुर्गम भेगमा विजुली विस्तार गरेर जिल्लालाई नै उज्यालो घोषणा गर्न नपाउँदै यहाँका जनताले उनको अभियान सफल नहुँदै कार्कीलाई पराजित गरिदिए दिए । अन्ततः कार्कीले भोजपुरलाई लत्याउँदै सुनसरीबाट जितको सुरुवात गरिसकेका छन् । अर्थ मन्त्रालयसमेत सम्हालिसकेका कार्की भोजपुर जिल्लाको विकासप्रेमी र शक्तिशाली नेताको रुपमा चिनिन्छन् ।

१५ सय ७ वर्गमिटर क्षेत्रफल रहेको भोजपुर जिल्लामा ९ ओटा स्थानीय तह छन् । २ ओटा नगरपालिका र ७ ओटा गाउँपालिका छन् । जिल्लाको पूर्वमा संखुवासभा र धनकुटा, दक्षिण र उत्तरमा संखुवासभा र सोलुखुम्बु, पश्चिममा सोलुखुम्बु र खोटाङ साथै दक्षिणमा उदयपुर रहेको छ । भोजपुरको पूर्वतर्फ रहेको संखुवासभा र धनकुटासंग सिमाना छुट्याएको अरुण नदी र दक्षिणमा रहेको उदयपुर र भोजपुरको सिमानामा रहेको दूधकोशी नदि अर्थात् भोजपुर प्रवेश गर्ने नदिहरुमा पक्कि पुल नहुँदा भोजपुरको विकास अझ पछाडि परेको यहाँका आम नागरिकको बुझाइ छ ।

यी दुवै नदिमा पक्कि पुल निर्माणको कार्य सुरु भएको छ तर हालसम्म सम्पन्न भएको छैन । पूर्वी क्षेत्रको अरुण नदिको लम्सुवाघाटमा २०६८ सालमा पक्कि पुलको शीलान्याश भएर पक्कि पुल निर्माण कार्यको थालनी भएको थियो तर करिब ११ बर्षपछि लम्सुवाघाटको पक्की पुल नबन्ने निश्चित नै भएको छ । यता दक्षिणी क्षेत्र उदयपुर र भोजपरको सिमाना भएर बग्ने दूधकोशी नदिको चुहारमा पक्कि पुल निर्माण कार्य सुरु भए पनि ढिलासुस्ति भइरहेको छ ।

सडकको हालत त्यस्तै अस्तव्यस्त रहेको छ । यतिका वर्षसम्म पनि भोजपुरले सासंद मन्त्री पाएकै हो तर केहि गर्न सकेका छैनन । अबका सांसद तथा मन्त्री हुनेहरुले पनि यो जिल्लाको विकासका लािग केही गर्लान् भनेर यहाँका जनताले आशा नै गर्न छाडेका छन् ।

आफू उमेदवार हुँदा निर्वाचनका बेला गरिएका घोषणा र योजना पूरा गरे सासंद तथा मन्त्रीलाई जनताले विश्वास गर्ने थिए तर आफैँले बोलेको विर्सिएर आफ्नो कार्यकाल सक्ने जनप्रतिनिधिले सुध्रिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *