लायन्स क्लबद्वारा विद्यार्थीलाई स्विटर वितरण

काठमाडौँ । विश्वकै अग्रणी सामाजिक संस्था लायन्स क्लब इन्टरलेसनलको नेपाल स्थित डिस्ट्रीक्ट ३२५ डिअन्तर्गतको क्लब, लायन्स क्लब अफ काठमाडौं उत्तरवाहिनी र लियो क्लब अफ काठमाडौँ उत्तरवाहिनीले स्कुल सपोर्ट कार्यक्रमअन्तर्गत मंगलबार सामुदायिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको छ ।

क्लबले गोकर्णेश्वर नगरपालिका ४ मा रहेको सामुदायिक विद्यालय सहयोगी माविका विद्यार्थीलाई रु ७५ हजार बराबरको स्कुल स्विटर वितरण गरेको हो ।

मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा १५० जना विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको लायन सन्जय दाहालले जानकारी दिए ।

स्विटर वितरण कार्यक्रममा गोनपा ४ का वडा अध्यक्ष जयराम महत, लायन्स क्लब इन्टरनेशनल ३२५ डी का फस्ट भाईस गभर्नर रमेश लामा , सेकेण्ड भाईस गभर्नर सुरेन्द्र बलाय लगायतका लायन्स नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =