ओछ्यानमा सुत्दा पनि मेस्सीले छाडेनन् ट्रफी (तस्बिरहरु)

काठमाडौँ । फिफा विश्व कप फुटबल प्रतियोगिता २०२२ को विजेता अर्जेन्टिनी टोली मङ्गलबार स्वदेश फर्किएको छ । टोलीलाई समर्थकले भव्य स्वागत गरेका छन् । लाखौँ नागरिक सडकमा निस्किएर विश्व विजेता अर्जेन्टिनाको टिमलाई बधाई दिएका छन् ।

विजयको खुसियाली मनाउन सरकारले मंगलबार त्यहाँ सार्वजनिक बिदा दिएको छ । अर्जेन्टिनालाई विश्वकप दिलाउने फुलबल टिमका कम्तान लियोनल मेस्सीको चर्चा अहिले विश्वभर चुलिएको छ । आफ्नो जादुयी खेल कलाका कारण विश्वमै लोकप्रिय मेस्सीले ५ वटा विश्वकम खेल्दा यसपाली भने देशलाई जिताएका छन् ।

त्यसैले पनि होला विश्वकपको ट्रफीलाई मेस्सीले निकै माया गरेको देखिएको छ । उनले हरेक ठाउँमा ट्रफी बोकेको फोटो सार्वजनिक भएको भइरहेको छ ।

ओच्छ्नमा सुत्दा पनि उनले ट्रफी साथमै लिएको तस्बिर अहिले सञ्चार माध्यममा भाइरल भइरहेको छ ।

तस्बिरहरू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *