सर्वसाधारणसँग भएको प्रमाण मेटाउने सहकारीको दाउ, बजारबाट उठाउँदै पासबुक !

काठमाडौँ उपत्यकाभित्र सञ्चालन भएका ७५ प्रतिशत सहकारीहरू बन्द भइसकेका छन् । तीमध्ये अधिकांश चलाउनै नसक्ने अवस्थामा आएर बन्द भएका हुन् भने कति सञ्चालन बचतकर्ताको रकम कुम्ल्याएर भागेका छन् । भएका पनि सबै डुबिसकेका छन् । पैसा फिर्ता गर्न सक्ने अवस्था छैन । बचतकर्ताहरू सहकारीको कार्यालय जान्छन्, रित्तो हात फर्किन्छन् । आफ्नो पैसा डुबेपछि उनीहरूका आँखा टिलपिलाएका छन् । बचतकर्ताहरू सहकारी छ कि सञ्चालक भेटिन्छन् कि भनेर दिनहुँजसो कार्यालय धाइरहेका छन् ।

नभागेका सहकारीले विगत धेरै महिनादेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । न घरभाडा र कर्मचारीलाई तलब नै खुवाउन सक्ने अवस्थामा छ । भाग्ने भागिहाले, बन्द हुने बन्द भइहाले । बन्द नभएका सहकारीमा पैसा निकाल्नेको भीड छ । सहकारी भाग्ने हो कि भन्ने डरले गर्दा बचतकर्ताहरू सहकारीमै दिन कटाउँछन् । पैसा खाँचो नभएपनि विभिन्न बहाना बनाएर पैसा निकाल्न खोजिराखेका छन् । यतिखेर सबैलाई ब्याजको होइन, साँवाको मतलब भएको छ ।

ब्याज खान राखेको साँवा नै डुब्छ कि भनेर सबै कामधन्दा छोडेर सहकारीमा लाइन बस्नेहरू यत्तिकै भेटिन्छन् । उनीहरू भन्छन्,‘काटी मार्ने सन्तान र माया मार्ने धन कसको हुन्छ ।’ पैसा माया मार्नुभन्दा बरु घरमा लगेर राख्यो भने चाहिएको बेला चलाउन पाइन्छ भन्ने उनीहरूमा छ । आफ्नै नातेदार, आफन्त र साथीभाइले खोलेको सहकारी भएपनि बचतकर्ताहरूले विश्वास गर्न छाडेका छन् । भोलि यिनीहरूले डुबाउँछन् भनेर बचतकर्ता बाठा भइसकेका छन् ।

काठमाडौँ उपत्यकाभित्र सञ्चालन भएका ७५ प्रतिशत सहकारीहरू बन्द भइसकेका छन् । तीमध्ये अधिकांश चलाउनै नसक्ने अवस्थामा आएर बन्द भएका हुन् भने कति सञ्चालन बचतकर्ताको रकम कुम्ल्याएर भागेका छन् । भएका पनि सबै डुबिसकेका छन् । पैसा फिर्ता गर्न सक्ने अवस्था छैन । बचतकर्ताहरू सहकारीको कार्यालय जान्छन्, रित्तो हात फर्किन्छन् ।

विश्वासको पछाडि लागेर जिन्दगीभरको मेहनत खेर फाल्न कसलाई रहर लाग्छ ? पछिल्लो समय मुलुकभर सहकारीको भागाभाग छ । सर्वसाधारणले सहकारीमा राखेको पैसा लिएर सञ्चालक भागेको घटनाहरू दिनहुँ बाहिर आइरहेका छन् । दिनहुँ दर्जनौँ सहकारीहरू भागिरहेका छन् भने समस्याग्रस्त सहकारीहरू पनि उत्तिकै छन् । प्रायजसो सहकारीले बजार प्रतिनिधिलाई कामबाट निकालिसकेका छन् । सर्वसाधारणले पैसा राख्न छाडेपछि बजार प्रतिनिधि किन चाहियो ?

आक्कलझुक्कल सहकारीमा बजार प्रतिनिधि छन् तर जनताले पैसा राख्दैनन् । प्रतिनिधिहरू दिनभर हिँड्छन्, पसल-पसल धाउँछन् तर कसैले पैसा राख्न चाहँदैनन् । केही महिना अघिसम्म दैनिक ५० देखि एक लाख रुपैयाँसम्म उठाउने प्रतिनिधिलाई अहिले एक हजार रुपैयाँ उठाउन पनि मुस्किल छ । प्रतिनिधि गुनासो गर्छन्,‘सहकारीहरू भाग्छ भनेर व्यापारी, सर्वसाधारणहरू पैसा राख्न मान्दैनन् ।’ कसैले पैसा नराखेको देख्दा र सहकारीमाथिको गुम्दा विश्वसनीयताले प्रतिनिधिहरू आजित भएका छन् ।

कस्तो क्षेत्रमा जागिर खाइएछ ? भनेर उनीहरूलाई नै अफसोस भएको छ । सहकारीमा जागिर खाएर भविष्य छैन भनेर प्रतिनिधिहरूले बुझिसकेका छन् । दिनहुँ अर्कोको गाली सुनेर वाक्क लागिसकेको बताउँछन्, उनीहरू । व्यापारीहरूले सहकारी चोर, फटाहा भन्न थालिसकेका छन् । सहकारीमाथि सर्वसाधारणले औँला उठाएका छन् । पसलेहरू सहकारीका प्रतिनिधि देख्नेबित्तिकै कालो मुख लगाउँछन्, निधार खुम्चाउँछन् । बाङ्गो मुन्टो लगाएर पैसा नभएको बताउँदै उनीहरूलाई फर्काउँछन् ।

व्यापारीसँग व्यापार गरेको पैसा नहोला ? तर, उनीहरू सहकारीमा राख्न चाहँदैनन् । सहकारीमा राखेकै पैसा फिर्ता नपाउँदा सर्वसाधारणहरू रिसले चुरचुर भएका छन् । मर्दा र पर्दा चाहिन्छ भनेर राखेको पैसा नपाउँदा रिस उठ्नु स्वाभाविकै हो । धेरै सहकारीहरू भागेको देख्दा पनि उनीहरूले बहानाबाजी गरेका हुन् । त्यसैले पैसा छैन भन्दै बजार प्रतिनिधिहरूलाई धमाधम फर्काइरहेका छन् । पैसा लिएर जाने तर फिर्ता दिने बेला हिचकिचाउने ।

पैसा लिनचाहिँ आफैँ आउने तर फिर्ता लिन आफैँ धाउँदा पनि बहानाबाजी गर्ने । केही महिनायता यो क्रम बढेको छ । पैसा निकाल्न कार्यालयमै पुग्यो भनेपनि कुनै न कुनै बहाना बनाएर रित्तो हात फर्काइदिन्छन् । खाइ नखाई दुःख गरेर हिजो पैसा लगेर सहकारीमा राखे । भोक पेटमा पटुका बाँधेर काम गरे । अलिअलि जोहो गर्‍यो भने भविष्यमा काम लाग्छ भनेर सोचेर राखेका थिए । तर, अहिले त्यही पैसा आफ्नो लागि बोझ बनेको छ । सहकारीहरू मिहिनेतको कमाइ लिएर भागेपछि कसलाई पिर पर्दैन ?

दिनकै सहकारी धाउनुपर्ने बाध्यता छ ? आज दिन्छ कि भोलि भन्दै बचतकर्ताहरू हिँडेका छन् । कोही पैसा डुब्यो भनेर सहकारीमै रुन्छन् । एकातिर दुःख अर्कोतिर पैसा फिर्ता नहुने डर । सहकारीले सर्वसाधारणलाई डुबाउनसम्म डुबायो । बुढापाकाले भन्थे,‘पैसा हातले दियो, गोडालाई दुःख ।’ सहकारीमा ठ्याक्कै यही नै लागु पुग्यो । जनताले हातले पैसा दिएका थिए तर गोडाले नपाउनुसम्म दुःख पाइरहेको छ । कतिपय सहकारीले भटाभट बजारबाट पासबुक मागिरहेका छन् ।

खाइ नखाई दुःख गरेर हिजो पैसा लगेर सहकारीमा राखे । भोक पेटमा पटुका बाँधेर काम गरे । अलिअलि जोहो गर्‍यो भने भविष्यमा काम लाग्छ भनेर सोचेर राखेका थिए । तर, अहिले त्यही पैसा आफ्नो लागि बोझ बनेको छ । सहकारीहरू मिहिनेतको कमाइ लिएर भागेपछि कसलाई पिर पर्दैन ?

पासबुक ल्याएर फोहोरको थुप्रोमा फ्याँक्ने अनि कुलेलम ठोक्ने । यस्तो गर्‍यो भने आफूलाई अप्ठ्यारो पर्दैन । उजुरी गर्ने ठाउँ नै बाँकी राखेका छन् । पासबुक नभएपछि उनीहरूले उजुरी गर्ने ठाउँ हुँदैन । प्रहरी र स्थानीय निकायले त प्रमाण माग्छ । लिखितको अगाडि मौखिकको काम छैन । सर्वसाधारणहरूले विश्वासले सहकारीमा पैसा राखेका हुन्छन् । उनीहरूले साँच्नै नै चेक गर्ने होला भनेर पासबुक दिन्छन् । तर, सहकारीले पासबुक लगेर जलाउँछ, गाड्छ, फोहोरको थुप्रोमा फ्याँक्छ भनेर सर्वसाधारणलाई थाहा हुँदैन ।

प्रमाण नै नष्ट भएपछि सर्वसाधारण के प्रमाण लिएर उजुरी गर्न जाने ? उपत्यकाभित्रका अधिकांश सहकारीले यो काम गरिरहेको छ । सहकारीहरूको जनतालाई डुबाउने दाउबाट सम्बन्धित निकाय नै बेखबर छ । न सहकारी विभाग यस विषयमा जानकार छ न स्थानीय सरकार । सबै टुलुटुलु रमिते बनेर हेरिरहेका छन् । बजारमा कति पैसा राख्ने व्यापारीहरू तीन महिनादेखि बजार प्रतिनिधि पैसा उठाउन नआएका बताउँछन् । पासबुक पनि फिर्ता नल्याएको र अफिस पनि बन्द भएको उनीहरूका भनाइ छ ।

तर, अब उनीहरूको हालत के हुन्छ ? कुन सहकारीमा कतिले खाता खोलेको छ ? कति रकम बचत गरिएको छ ? यसको विवरण त सरकारसँग छैन । न सहकारी विभागले राखेको छ न स्थानीय सरकारले । सहकारी सञ्चालकहरूले आफू फस्ने देखेपछि पहिलै योजना बनाइसकेका छन् । एकातिर सरकारसँग डाटा छैन अर्कोतिर पासबुक नै नरहेपछि कसले उजुरी गर्ने । सहकारीहरू योजनाबद्ध रूपमा अघि बढिसकेको छ । भोलि आफूमाथि उजुरी पर्छ, सम्पत्ति बेचेर सर्वसाधारणको पैसा चुक्ता गर्नुपर्छ भनेर उनीहरू बाठा भएका हुन् ।

सहकारी सञ्चालकले पैसा दिए ल्याउनु होइन भने पासबुक ल्याउनु भनेर प्रतिनिधि खटाइराखेका छन् । अफिसमा ल्याएपछि त्यो पासबुक फिर्ता दिँदैनन् । चेक गर्नुछ भनेर लामो समय अड्काइदिने कि हरायो भनेर बहाना बनाउने । तर, कुनै हालतमा फिर्ता नगर्ने । न पैसा भो न पासबुक । सर्वसाधारणहरू थप मर्कामा परेका छन् । पीडामाथि पीडा थपिएको छ । यति सजिलो तरिकाले सर्वसाधारणलाई सहकारीले ठग्यो र कानुनबाट पनि बच्न खोजे ।

सहकारी सञ्चालकले पैसा दिए ल्याउनु होइन भने पासबुक ल्याउनु भनेर प्रतिनिधि खटाइराखेका छन् । अफिसमा ल्याएपछि त्यो पासबुक फिर्ता दिँदैनन् । चेक गर्नुछ भनेर लामो समय अड्काइदिने कि हरायो भनेर बहाना बनाउने । तर, कुनै हालतमा फिर्ता नगर्ने । न पैसा भो न पासबुक । सर्वसाधारणहरू थप मर्कामा परेका छन् । पीडामाथि पीडा थपिएको छ ।

सहकारी विभाग र स्थानीय सरकारले नियमन नगर्दा सर्वसाधारण मर्कामा परे । सर्वसाधारण ठग्नुमा सरकारकै मिलेमतो छ । सहकारीले धितो नराखीकन ऋण दिँदैन । तर, एउटा पासबुकको आधारमा सर्वसाधारणको लाखौँ रुपैयाँ उठाएको छ । सरकारले सहकारीकै पक्षमा कानुन बनाउँदा यस्तो अवस्था निम्तिएको हो । पहिल्यैदेखि सहकारीहरूलाई छाडा छोडियो । जे गरेपनि सहकारीलाई छुट । सहकारीले विगत लामो समयदेखि सर्वसाधारण ठग्दै आएका थिए ।

जुन अहिले धमाधम बाहिर आइरहेको छ । तर, अहिले धेरै ढिलाइ भइसकेको छ । जनता ठगिनुसम्म ठगिसकेका छन् । अधिकांश सहकारी भागिसकेका छन् । प्रमाण पनि सहकारीहरूले मेटाइसकेको छ । यतिखेर सर्वसाधारणसँग रुने र कराउनेबाहेक अन्य केही विकल्प छैन । सहकारी विभाग, स्थानीय सरकार र विज्ञापन बोर्ड अझै पनि मौन बसेको छ । पासबुक सहकारीमा नराख्नु भनेर कुनै पनि निकायले सूचना निकालेको छैन । सर्वसाधारणलाई सचेत बनाउने काम त यिनीहरूको हो ।

यता, सर्वसाधारण पनि आफैँ चनाखो हुनुपर्ने बेला भएको छ । होइन भने भोलि ठग सञ्चालकहरू कानुनबाट उम्किन्छन् । न सजाय काट्नुपर्छ न सर्वसाधारणको पैसा फिर्ता गर्नुपर्छ । नेपालीहरू धेरै सीधा छन्, छिट्टै विश्वास गर्छौ । तर, यसले आफैँलाई अप्ठ्यारोमा पार्न सक्छ । पासबुक सहकारीले माग्यो भने नदिऔँ । आफू माथि पर्नका लागि सहकारीले यो योजना बुनेको हो भनेर सर्वसाधारणले बुझ्नुपर्छ । सहकारीको नौटङ्की बुझ्न गाह्रो छ ।

भनिन्छ नि,‘निदाएकोलाई उठाउन सकिन्छ तर नाटक गर्नेलाई उठाउन सकिँदैन ।’ सर्वसाधारणहरू अहिले नै सचेत बनाऔँ, पासबुक जोगाइराखौँ र आफ्नो पैसा निकाल्न हरकोशिस गरौँ । थप पैसा नराखौँ र अरूलाई पनि सुसूचित गराऔँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *