पोखरामा गण्डकी प्रदेश स्तरीय भलिवल हुने, विजेतालाई २ लाख पुरस्कार

पोखरा । पोखरामा गण्डकी प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश भलिबल संघले पुरुषतर्फको प्रतियोगिता गर्न लागेको हो ।

पुष ६ देखि १० गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा १० वटा टीमको सहभागिता रहने बताइएको छ ।

प्रतियोगितामा पहिलो हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् । दोश्रोलाई १ लाख, तेश्रोलाई ५० हजार र सान्त्वनाले २५ हजार पुरस्कार पाउने संघका महासचिव टहलसिंह थापा मगरले जानकारी दिए ।

यस्तै, सर्वोत्कृष्ट खेलाडीले २० हजार पाउनेछ भने उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचलाई जनही १० हजारका दरले दिइने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *