लिओनेल मेसीले सन्न्यास नलिने

काठमाडौँ । लियोनेल मेसीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास नलिने भएका छन् । विश्वकप जितेपछि प्रतिक्रिया दिँदै मेसीले आफूले तत्काल संन्यास नलिने बताएका हुन् । मेसीले भनेका छन्- ‘ मैले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट अहिले नै संन्यास लिँदिन, म च्याम्पियन टिमको लागि अझै खेल्ने छु ।’

पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ गोल अन्तरले पराजित गर्दै मेसीले आफ्नो क्यारियरमा पहिलो पटक विश्वकप जितेका हुन् । उनले भने- ‘विश्वकप जितिन्छ जस्तो लागेको थियो, तर जसरी जितियो यो निकै रोमाञ्चक थियो । मलाई थाहा थियो, भगवानले यो मलाई दिँदैछन् । अब म यो जितलाई अर्जेन्टिना पुगेर सेलिब्रेट गर्न आतुर छु । यो मेरो बालककालदेखिको सपना थियो, आज पुरा भयो ।’

मेसीले यसअघि फाइनल खेल आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका थिए । यो सँगै उनका फ्यानहरूले मेसीले अब अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिन्छन् भन्ने अनुमान गरेका थिए । तर मेसीले भने आफू अझै खेल्ने बताएर उनका फ्यानहरूमा थप खुसी थपिदिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *