फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेले जिते गोल्डेन बुट

काठमाडौँ । फिफा विश्वकपमा फ्रान्सका किलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । एम्बाप्पेले विश्वकपका ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् ।

उनले फाइनल खेलमा ह्याट्रिक गरेपनि फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित भएको थियो । एम्बाप्पेले विश्वकपको फाइनलमा १९६६ पछि ह्याट्रिक गरेका हुन् ।

एम्बाप्पेले दुई विश्वकपमा आफ्नो गोल संख्या १२ पुर्याएका छन् । गोल्डेन बुटको दौडमा रहेका अर्जेन्टिनाका लियोनेल मेसीले ७ गोल गरेका थिए । मेसीले फाइनल खेलमा दुई गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *