मेसीले जिते विश्वकपको गोल्डेन बल

काठमाडौँ । लियोनेल मेसी कतार विश्वकपको उत्कृष्ट खेलाडी बनेका छन् । विश्वकपको उत्कृष्ट खेलाडी बनेका मेसीले गोल्डेन बल जितेका छन् ।

मेसीले यस विश्वकपमा कुल ७ गोल गरेका छन् भने तीन गोल असिस्ट गरेका थिए । मेसीले विश्वकपमा २६ खेल खेल्दै विश्वकपको इतिहासमा सबैभन्दा धेरै खेल खेल्ने रेकर्ड समेत बनाएका छन् ।

त्यस्तै अर्जेन्टिनाका गोल किपर एमिलीयानो मार्टिनजले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् । त्यस्तै अर्जेन्टिनाका खेलाडी एन्जो फेर्नानडेजले विश्वकपको उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *