संसदीय दलको नेता छान्न कांग्रेसले बनायाे निर्वाचन समिति
२०७९ पुस ३ गते

काठमाडौँ । नेपाली कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति बनाएको छ ।
सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको हो । मंगलबार वा बुधबार दलको चुनाव हुने कांग्रेसले जनाएको छ ।
सकेसम्म पार्टी सभापति शेरबहादुर देउवाको नाममा सर्वसम्मती जुटाउन कोसिस गर्ने र नभए निर्वाचनमा जाने कांग्रेस संस्थापन पक्षले जनाएको छ ।

२०७९ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित









