कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने
२०७९ पुस ३ गते

काठमाडौँ । नेपाली कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेको अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दालहा प्रचण्डले नै आफू प्रधानमन्त्री हुने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेको बखत कांग्रेसले यस्तो निर्णय गरेको हो ।
नेपाली कांग्रेसले वर्तमान गठबन्धनलाई निरन्तरदा दिँदै आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन छलफल गर्ने भएको छ । तर, माओवादी केन्द्रले भने आलोपालो प्रधानमन्त्री बन्ने गरी पहिलो खेपमा आफू प्रधानमनत्री बन्ने इच्चा राखेका छन् ।
यस्ता अवस्थामा गठबन्धनभित्र को प्रधानमन्त्री बन्ने भन्ने विषयमा अबका २/४ दिन घनीभूत छलफल हुने देखिएको छ ।
२०७९ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित









