कतार विश्वकप-२०२२

मोरक्कोलाई हराउँदै क्रोएसिया बन्यो तेस्रो

काठमाडाैँ । मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया विश्वकपमा तेस्रो भएको छ । अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो ।

खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २-१ को दोस्रो पटक अग्रता दिलाएका हुन् । त्यहि गोल निर्णायक बन्यो ।
त्यसअघि खेलको सातौँ मिनेटमा नै १-० ले पछि परेको मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १-१ को बराबरीमा ल्याएका थिए । खेलको नवौँ मिनेटमा गोल गर्दै उनले मोरक्कोलाई खेलमा फर्काएका थिए ।

खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए । गत संस्करण फ्रान्ससँग पराजित हुँदै विश्वकपको उपाधि नजिक पुगेर पनि टाढिएको क्रोएसिया यो पटक सेमिफाइनलबाट अघि बढ्न सकेन । सेमिफाइनलमा क्रोएशिया अर्जेन्टिनासँग ३-० ले पराजित भएको थियो ।

उता क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराउँदै पहिलो पटक अन्तिम ४ मा स्थान बनाएको थियो । तर सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित हुँदै मोरक्कोले तेस्रो स्थानका लागि क्रोएसियासँग खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *