बुढानिलकण्ठ १२ फैका चोकमा दुर्घटना ,एक जना घाइते

काठमाडौं। बुढानिलकण्ठ नगरपालिका १२ फैका चोकमा विपरित दिशाबाट आएका दुई सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।सफा टेम्पो र स्कुटर एक आपसमा ठोक्किदा स्कुटर चालक  पेम डोमा शेर्पा घाइते भएकी छिन् ।
दुर्घटनामा टेम्पु पल्टिएको स्थानीय प्रत्यक्षदर्शी मनोज खत्रीले जानकारी दिए। टेप्मो पल्टिएता पनि यात्रु नभएकोले मानवीय क्षति भने भएन ।
सो दुर्घटनामा बागमती प्रदेस ०२-००८ प १८३८ नम्बरको स्कुटरमा क्षेती पुगेको छ। दुर्घटनामा घाइते शेर्पालाई नेपाल मेडिकल कलेज आत्तरखेल लगिएको छ । उनको अबस्था सामान्य रहेको प्रहरीले बताएको छ । प्रहरीले दूर्घटनाको थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *