मण्डला थिएटरमा ‘कुभिन्डोको कथा’ (तस्बिरहरू)

काठमाडौँ । नयाँ बानेश्वर, थापागाउँस्थित मण्डला थिएटरमा अहिले सुदूरपश्चिमको मगर समुदायमा प्रचलित लोककथामा आधारित नाटक ‘कुभिन्डोको कथा’ मञ्चन भइरहेको छ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवसँगै यो नाटक मंसिर १८ गतेदेखि नियमित मञ्चन भएको हो ।

नाटकले हामीलाई प्रकृतिको परमसत्य नजिक लैजाने प्रयास गरेको छ । प्रकृतिले हामीलाई हाम्रो शक्ति र कमजोरीको आधारमा एकअर्काबाट भिन्न बनाएको भन्दै नाटकले, एकअर्काको अस्तित्वलाई स्वीकार गर्नुपर्ने आवश्यकतालाई जोड दिएको पाइन्छ ।

दयाहाङ्ग राईले निर्देशन गरेको नाटक पश्चिमी नेपालको खाम मगर समुदायमा प्रचलित लोककथाको आधारमा तयार पारिएको छ । यो नाटक मण्डला थिएटरद्वारा आयोजित पाँच महिने नाटक लेखन परियोजना अन्तर्गत लेखिएका सात नाटकहरू मध्यको एक हो । नाटक ‘कुभिन्डोको कथा’ प्रनिश मगरले लेखका हुन् ।

नाटकमा विशेष अडिसनबाट छानिएका कलाकारहरूको अभिनय रहेको छ । ‘कुभिन्डोको कथा’लाई विकास जोशीले सह-निर्देशन गरेका छन् । नाटक आगामी पुस १७ गतेसम्म मञ्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *