नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि सिल

जनकपुरधाम । भारत विहार राज्यको मधुवनी जिल्लासँग जोडिएको मधेसका जिल्लाहरुको सीमा नाका आजदेखि ७२ घण्टाका लागि सिल गरिएको छ ।

मधुवनी जिल्ला अन्तर्गतको नगरपालिकामा पुस ३ गते अर्थात् डिसेम्वर १८ तारिखमा निर्वाचन हुने भएकाले सीमा नाका ७२ घण्टाका लागि सिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले ७२ घण्टाका लागि सीमा नाका भएकाले आवश्यक सहयोग एवं समन्वयका लागि सीमावर्ती पालिकाहरुलाई निर्देशन दिएको छ ।

सिरहा, सप्तरी, महोत्तरी लगायतका जिल्लासमेत भारत विहारको मधुवनी जिल्लाको सीमासँग जोडिएको छ । यी जिल्लाहरुको सीमा नाका पनि आजैदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *