देउवालाई भीम रावलको प्रश्न : छैटौँ पटक प्रधानमन्त्री बन्न अध्यादेश ल्याउनु भएको हो ? (भिडिओ)

काठमाडौँ । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा रावलले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा सङ्क्रमणकालीन प्रधानमन्त्री भएकोले यस्तो बेलामा देशको अहित हुनेगरी अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको भन्दै अविलम्ब अध्यादेश फिर्ताको आग्रह गरेका हुन् ।

उनले अहिले आएको अध्यादेश निहित स्वार्थ बोकेर आएको आरोप लगाए । रावलले छैटौँ पटक प्रधानमन्त्री हुनको लागि निहित स्वार्थबाट प्रेरित भएर देउवाले यस्तो अध्यादेश जारी गरेको भन्दै उक्त कदमले देउवाको विगतको तितो कुराको पुनरावृत्ति भएको महसुस हुने पनि उल्लेख गरे ।

मुलुकी फौजदारी कार्यविधि संहिता धेरै लामो समय लगाएर, कानूनविदहरुको बीचमा छलफल भएर जारी गरेको कानुन भएकाले नयाँ संसद् आउन लागेको अवस्थामा यसरी अध्यादेश ल्याउनु गम्भीर गल्ती भएको उनले बताए । रावलले नेपालका शीर्ष नेताहरूले देशमा नयाँ सरकार गठनको लागि विदेशी राजदूतसँग साउती मार्न थालेको गम्भीर आरोप लगाए ।

रावलले प्रधानमन्त्री आलोपालो हुने भन्ने विषय र संवैधानिक निकायमा भागण्बडाको कुरा चलिरहेको भए पनि देशको गम्भीर सवालमा दलहरूले ध्यान नदिएको गुनासोसमेत गर्दै नयाँ सरकार गठनमा पनि कमसेकम समान दृष्टिकोण भएकाहरू मिल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =