एक महिनाभित्रै माओवादी नेतृत्वमा सरकार बन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्र सरकार गठन हुने बताएका छन् ।

गठबन्धन सरकारले नै निरन्तरता पाउने उनको भनाइ छ । तर, गठबन्धनका तर्फबाट सरकारको नेतृत्व माओवादीले गर्ने प्रचण्डको दाबी छ ।

‘अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्छ,’ बुधबार पोखरास्थित कास्कीको अन्नपूर्ण गाउँपालिका– १ नागडाँडास्थित महेन्द्र आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा कार्यकर्ताहरूसँग कुरा गर्दै प्रचण्डले भने ।

साथसाथै, अध्यक्ष प्रचण्डले माओवादीले प्रत्यक्षतर्फ २५ सिटमा जित हासिल गर्ने अनुमान गरिएकोमा कांग्रेस पूर्णरूपमा इमान्दार नहुँदा कम सिट प्राप्त गरेको बताए ।

‘हामीले जति इमान्दारिता देखायौँ, कांग्रेसले पूर्ण रूपमा इमानदारिता देखाउन सकेन’, प्रचण्डको भनाइलाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

माओवादी अध्यक्ष प्रचण्डले गण्डकी प्रदेश सरकारको नेतृत्व पनि माओवादीले पाउनपर्ने माग गठबन्धनमा राखेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *