मोरक्कोको विश्वकप यात्रा

अघिल्लो विश्वकपमा एकै खेल नजिती फर्किएको मोरक्कोले यस पटक सबैसँग लियो बदला

काठमाडौँ । गत विश्वकपमा एकैखेल नजिती फर्किएको अफ्रिकन राष्ट्र मोरक्को जारी विश्वकपमा आश्चर्यजनक नतिजा निकालिरहेको छ। ४ वर्षकै फरकमा मोरक्को निक्कै शक्तिशाली बनेर फर्किएको छ।

विश्वकपका प्रमुख दाबेदार टोलीलाई घर फर्काउँदै मोरक्को भने कीर्तिमान बनाउनतिर लागेको छ। मोरक्कोले अहिले पाइरहेको सफलता अफ्रिकन राष्ट्रको सबैभन्दा ठुलो सफलता हो।

अझै पनि उ इतिहास रच्ने बाटोमा अगाडि बढिरहेको छ। उपाधि भिडन्तबाट एक कदम पछाडि रहेको मोरक्कोले आउँदो बुधबार राति साबिक विजेता फ्रान्सको सामना गर्दैछ।

४ वर्षअघिको त्यो मोरक्को
२०१८ को विश्वकपमा मोरक्को रहेको समूहमा स्पेन, पोर्चुगल र इरान थिए। रुसमा भएको विश्वकपको दोस्रो दिन उसको यात्रा हारबाट सुरु भएको थियो। समूह बी को पहिलो खेलमा इरानसँग १–० ले पराजित भयो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा रोकेको मोरक्कोले अतिरिक्त समयको ५ औँ मिनेटमा आत्माघाती गोलबाट निराश बन्नु पर्‍यो।

दोस्रो खेलमा पोर्चुगलले त्यही नतिजा निकाल्यो। कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको ४ मिनेटमै पोर्चुगललाई अग्रता दिलाए। त्यसपछि पोर्चुगलले थप गोल त गर्न सकेन तर मोरक्को खेलमा फर्किन पनि पाएन। खेल १–० ले पोर्चुगलले जित्यो।
समूहको अन्तिम खेलमा भने मोरक्को जित नजिक पुगेको थियो। पहिलो खेलमा जस्तै अतिरिक्त समयमा चुक्यो। स्पेनविरुद्ध खालिदले गोल गर्दै १४ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

तर इस्कोले १९ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे। युसेफ नासिरीले मोरक्कोलाई फेरि अग्रता दिलाए। निर्धारित समय सकिन ९ मिनेट अघि मात्रै उनले टोलीलाई जिततर्फ अघि बढाएका थिए। तर अतिरिक्त समयको पहिलो मिनेटमा लागो आसपासले गोल गर्दै खेल बराबरीमा लगे।

स्पेनसँग जित्नै लागेको खेल बराबरीमा टुङ्गिँदा मोरक्कोको खातामा जम्मा १ अङ्क पर्‍यो। समूहकै अन्तिम हुँदै मोरक्को घर फर्कियो। स्पेन र पोर्चुगल नकआउटमा पुगे। उनीहरूको समान ५ अङ्क थियो। ४ अङ्क जोडेको इरान पनि समूह चरणबाटै घर फर्किनु पर्‍यो।

तर त्यो विश्वकप पछि मोरक्कोले टिममा परिवर्तन गर्‍यो र ती हारको बदला भटाभट लिइरहेको छ।

४ वर्षपछिको यो मोरक्को
यस पटकको विश्वकपमा समूह चरणमा मोरक्कोले कुनै पनि खेल हारेन। साबिक उपविजेता रहेकै समूह एफबाट मोरक्को समूह विजेता बन्दै अगाडि बढ्यो। कतारमा साबिक उपविजेता क्रोएसियासँग गोलरहित बराबरी खेल्दै मोरक्कोले सुरुवात गरेको थियो। दोस्रो खेलपछि भने मोरक्कोमाथि धेरैको नजर पर्‍यो। विश्वकपकै बलियो दाबेदार मानिएको बेल्जियम २–० ले पराजित हुँदा समूह चरणबाटै बाहिरिने डिलमा पुगेको थियो। समूहको अन्तिम खेलमा क्यानडामाथी २–१ को नतिजा निकाल्दा मोरक्को समूह विजेता बन्यो।

यस पटक नकआउटमा पुग्दा उसले गत विश्वकपको अन्तिम खेलको प्रतिस्पर्धी पायो स्पेन। स्पेन समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। तर धेरैले अनुमान गरेभन्दा उल्टो नतिजा निकालिदियो मोरक्कोले। र अघिल्लो पटक समूह चरणबाटै घर फर्काउने स्पेनलाई यस पटक अन्तिम १६ बाट बिदा गर्‍यो। स्पेन र मोरक्कोले निर्धारित समय गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन्। खेलको निर्णय पेनाल्टीसुटआउट बाट लिइयो। जसमा स्पेनका तीनवटै पेनाल्टी विफल हुँदा मोरक्को ३–० ले विजयी भयो।

गम विश्वकपमा मोरक्को पोर्चुगलसँग १–० ले पराजित भएको थियो। यस पटक यी दुई टोलीको भेट क्वर्टरफाइनलमा भयो। गत विश्वकपमा गोल हान्ने रोनाल्डो पनि दोस्रो हाफमा खेलेका थिए। तर अघिल्लो विश्वकपको नतिजा उल्ट्याउँदै मोरक्कोले खेल १–० ले नै जित्यो। रोनाल्डो रुँदै बाहिरिए। मोरक्को ऐतिहासिक जितसहित सेमिफाइनलमा पुग्यो।

अब फ्रान्सलाई पराजित गर्न सके मोरक्कोले क्रोएसिया र अर्जेन्टिनाको विजेतासँग उपाधि भिडन्त गर्नेछ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *