वर्षमा ४ महिनामात्रै इँटा भट्टा सञ्चालन, बन्द हुने संकेत हो ?

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा ६२ ओटा इँट्टाभट्टा सञ्चालमा छन् । यी इँटा भट्टामा हजारौँ मजदुरले काम गरिरहेका छन् । अहिले बजारमा इँटाको विक्रि कम हुनथालेको छ । के इँटाभट्टा बन्द हुन्छ ?, कति त बन्द भइसके । के अब खुल्दैनन् ?

विगतमा मङ्सिरबाट सुरु गरेर वैशाख महिनासम्म इँटाभट्टा सञ्चालन गरिन्थ्यो । यसको अवधि ६ महिनासम्म रहन्थ्यो । तर यस पटक भने ४ महिना मात्र सञ्चालन गर्ने भएको छ ।
गणेश फिक्स इँटाभट्टाका सञ्चालक विद्वेश अवालका अनुसार आर्थिक मन्दीका कारण निर्माण कार्य घटेको छ । त्यसका असर इँटा बिक्री हुन छाडेको छ । यस वर्ष ४ महिना मात्र इँटाभट्टा सञ्चालन गर्न लागिएको छ ।

उपत्यकामा इँटाभट्टा बन्द गर्न भनी बारम्बार आवाजहरू उठिरहेको छ । यसअघि चन्द्रागिरी नगरपालिकाका बासिन्दाले ‘इँटाभट्टाको धुवाले कारण क्यान्सर जस्ता रोग निम्त्याउँछ’ भन्दै ईट्टभट्टा बन्द गर्नका लागि आन्दोलन गरेका थिए । धुलिखेल मण्डनदेउपुरमा पनि ‘रोग लाग्ने जोखिम भएकोले इँटाभट्टा बन्द गर्न’ भनी स्थानीइले आन्दोलन गरेका थिए । भक्तपुरकै मालीगाउँमा भने इँटाभट्टा बन्द भइसकेको अवस्था छ ।

भक्तपुरको जयगुरु इँटाभट्टा पनि यसपटक सञ्चालन गरिएको छैन् । भट्टा सञ्चालक उत्तम ट्वाटका अनुसार पुराना इँटा बिक्री नभएकोले यस पटक भट्टा बन्द गरिएको हो । इँटा बनाउने काम बन्द भए पनि बिक्रीवितरण भने खुला गरिएको छ । भन्छन्– ‘पोहोरकै इँट्टा बिक्री भएका छैनन् । बजारमा इँटाको माग कम छ , त्यसैले यो पटक भट्टा सञ्चालन गरिएको छैन् ।’
सञ्चालकले भट्टा सञ्चालन हुने वा नहुने भन्ने कुरा निश्चित नरहेको र इँटा बिक्रीको अवस्थामा नै भरपर्ने बताए ।

जयगुरु इँटाभट्टा नगरपालिका वा स्थानीयको विरोध वा आन्दोलनका कारण बन्द भएको होइन । घर बनाउनेहरूले नयाँ इँटा नै माग गर्ने र पुराना इँटाहरू यथावत रहेकोले इँटा बिक्री गराउन यो वर्ष इँटा बनाउने काममा रोक लगाईएको ट्वाट बताउँछन् ।

यसबाहेक जेबी, बिए र अरु थुप्रै भट्टाहरू सञ्चालनमा छन् । जेबी भट्टाका व्यवस्थापक अहिले भट्टाबन्द नहुने कुरामा विश्वस्त छन् । उनले ४ महिना मात्रै भट्टा सञ्चालन गरिनु बन्द हुने संकेत नरहेको र अहिलेसम्म भट्टा बन्द हुने जस्ता कुनै सुचना प्राप्त नभएको बताए । उनका अनुसार चाँगुनारायण नगरपालिकामा दर्ता भएका एउटा भट्टाले वर्षेनि नगरपालिकालाई १० लाख कर बुझाउछ । इँटाभट्टाबाटै हजारौँ मजदुरहरूले रोजगार पाउने र सरकारलाई करोडौँ कर तिर्ने भएकाले अहिलेनै भट्टाबन्द नहुने उनको तर्क रहेको छ । साथै अहिले भट्टा ३÷४ महिना सञ्चालन गरिए पनि यदि इँटाको माग बढेमा अर्काेवर्ष अझलामो समयसम्म भट्टा सञ्चालन गरिने बताए ।

यस बाहेक इँटा बनाउन चाहिने माटो र कोइला उपलब्ध नभएमा भट्टाको काम रोकिन सक्छ । भट्टाअन्य ठाउँमा विस्थापन हुन सक्छ तर बन्द हुने कुनै संकेत नरहेको उनको भनाइ छ ।
वर्षाैं देखि काभ्रे, पाँचखाल, नगरकोट जस्ता विभिन्न ठाउँबाट भट्टामा काम गर्न आएका मजदुरहरू भट्टा बन्द भए आफूहरु बेरोजगार हुने बताउँछन् । कोहि खेतिपाति गर्नुबाहेक विकल्प नरहेको बताउँछन् भने कोही उपत्यकाबाहिर गएर भए पनि भट्टामै काम गर्ने बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *