विराटनगरका दुई अधिकारकर्मी सम्मानित

विराटनगर । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बिराटनगरका दुईजना मानव अधिकारकर्मीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ। दिवसको अवसरमा बिराटनगरमा एक कार्यक्रमको अयोजना गरि सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेल र जागरण नेपाल विराटनगरका प्रतिक्षा बस्नेत छन् । सम्मानित हुने पोखरेल लामो समयदेखि सिमा क्षेत्रमा हुने मानव ओसार पसार तथा बेचविखन बिरुद्धको अभियानमा लाग्दै आएका ब्यक्ति हुन् ।

बस्नेत भने महिला मानव अधिकारको क्षेमा बर्षौदेखि योगदान पु¥याउँदै आएकी छिन् । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

विराटनगर महानगरपालिकाको सहकार्यमा राष्ट्रिय मानव अधिकार आयो, प्रदेश १ कार्यालय विराटनगर, गैर सरकारी संस्था महासंघ मोरङ, मानव अधिकार सञ्जाल विराटनगर, मानव अधिकार रक्षक परिषद प्रदेश १ र महिला मानव अधिकार रक्षक सञ्जालले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, ईन्सेक, मानव अधिकार आयोग लगायत मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था तथा ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *