विश्वकप २०२२ : सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ । विश्वकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ। कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको हो ।

शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । ३२ वर्षपछि साविक विजेता र उपविजेताले नै सेमिफाइनलमा स्थान बनाएका छन्।

यसअघि १९९० मा जर्मनी र अर्जेन्टिना दोहोरिएका थिए। अहिले फ्रान्स र क्रोएसिया लगातार सेमिफाइनलमा पुगेका हुन्।

क्वार्टरफाइनलको अन्तिम खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै साविक विजेता फ्रान्सले अन्तिम ४ मा स्थान बनाएको हो। यसअघि शुक्रबार ब्राजिललाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया पनि सेमिफाइनलमा प्रवेश गरेको छ।

अब फाइनल प्रवेशका लागि फ्रान्सले मोरक्को र क्रोएसियाले अर्जेन्टिनाको सामना गर्नेछन्। मोरक्को पोर्चुगललाई पराजित गर्दै शनिबार राति नै पहिलो पटक सेमिफाइनलमा पुगेको हो। अर्जेन्टिना नेदरल्याण्ड्सलाई पराजित गर्दै अन्तिम ४ मा पुगेको छ।

आ–आफ्नो खेलमा विजयी भए फेरि पनि विश्वकपको फाइनलमा गत संस्करणकै टोली दोहोरिने छ। यसअघि १९९० मा पनि जर्मनी र अर्जेन्टिना फाइनलमा भिडेका थिए। जुन विश्वकपमा अर्जेन्टिनासँग अघिल्लो हारको बदला लिँदै जर्मनीले विश्वकपको उपाधि जितेको थियो।

यसपटक पनि फाइनलमा दोहोरिनका लागि फ्रान्सले मोरक्को र क्रोएसियाले अर्जेन्टिनालाई पन्छाउनु पर्छ। सेमिफाइनलमा आगामी मंगलबार राति पौने १ बजे क्रोएसिया र अर्जेन्टिना तथा बुधबार राति पौने १ बजे फ्रान्स र मोरक्को भिड्ने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *