पोर्चुगलको विश्वकप यात्रा अन्त्य भएसँगै रोनाल्डोको आँखामा आँशु

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको सपना समाप्त भएको छ ।

विश्वकप २०२२ को क्वार्टरफाइनलको खेलमा मोरक्कोसँग पोर्चुगल १-० गोलले पराजित भएसँगै रोनाल्डोको देशलाई उपाधि जिताउने सपना अधुरै भएको हो ।

क्लब फुटबल र युरोपियन प्रतियोगिता जिताएका रोनाल्डोको अन्तिम लक्ष्य विश्वकपको उपाधि उचाल्नु थियो तर आजको पराजय सँगै रोनाल्डोको सपना चकनाचुर भएको छ ।

रोनाल्डोले यो विश्वकपलाई आफ्नो अन्तिम विश्वकप र उपाधि जित्नका लागि अन्तिम अवसर भएको बताउँदै आएका थिए ।

३७ वर्ष नाघिसकेका रोनाल्डोले उमेरका कारणले पनि अन्तिम विश्वकप भन्दै आएका थिए ।

शनिबार मोरक्कोविरुद्ध रोनाल्डो दोस्रो हाफमा मैदान छिरेका थिए । मोरक्कोसँग पराजित भएपछि रोनाल्डोले आँसु थाम्न सकेनन् । मैदानबाट बाहिरिदै गर्दा उनी रोएका थिए ।

पछिल्लो समय खेल खस्किएकै कारण रोनाल्डोलाई पोर्चुगलले अन्तिम १६ र क्वार्टरफाइनलको खेलमा बेन्चमा राखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *