पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा
२०७९ मंसिर २४ गते

काठमाडौँ । पोर्चुगलमाथि ऐतिहासिक जित दर्ता गर्दै मोरक्को सेमिफाइनलमा पुगेको छ। फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा मोरक्कोले १–० को जित हासिल गरेको हो।

विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली मोरक्को बनेको छ। मोरक्कोलाई जित दिलाउने क्रममा खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गोल गरे।
यसअघि मोरक्कोले अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। समूह चरणको खेलमा पनि मोरक्कोले बलियो मानिएको बेल्जियमलाई पराजित गरेको थियो।
खेलको इन्ज्युरी समयमा मोरक्कोका वालिड चेडिरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि पोर्चुगलले यसको फाइदा भने उठाउन सकेन। १६ वर्षपछि पोर्चुगल पुनः क्वार्टरफाइनलबाटै बाहिरिएको छ।




२०७९ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








