यी हुन् समानुपातिकमा परेका प्रदेश १ का एमाले सांसद, एकीकृत समाजवादीबाट एक्ली चाम्लिङ

विराटनगर । प्रदेश सभा सदस्यकोलागि दलहरूले निर्वाचन आयोगलाई नाम सिफारिस गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जसपाको समानुपातिक नामावली बुझाएका हुन् ।

एक निर्वाचन क्षेत्रलाई आधार मानेर प्रदेश सभामा खसेको समानुपातिक मतको आधारमा बन्द सुचीमा रहेका नामबाट सांसदहरू सिफारिस भएका हुन् । प्रदेश १ मा सबै भन्दा धेरै समानुपातिकमा मत ल्याएर एमाले पहिलो पार्टी भएको छ। एमालेले प्रत्यक्षमा २५ सिट जितेको छ भने समानुपातिकमा १५ सिट ल्याएर ४० सिट प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोजले सार्वजनिक गरेको समानुपातिक सांसदमा नेकपा एमालेबाट आदिवासी जनजातीः महिलामा सिर्जना दनुवार, उदयपुर, कमला थापा, झापा, मीना श्रेष्ठ, सुनसरी, सिर्जना राई, भोजपुर, मालती कुमारी लिम्बु, मोरङका छन् ।

त्यस्तै आदिवासी जनजाति सुचीमा झापाका नम्बरलाल धिमाल परेका छन् । खस आर्य महिलामा शिला दीक्षित, मोरङ, तारादेवी ढकाल, झापा, मिरादेवी खनाल आचार्य, सुनसरी, गीतादेवी रेग्मी, उदयपुर छन् । अल्पसंख्यकमा सुनसरीकी लाहुरी कुमारी जिमी याक्ख्या परेका छन् ।

दलित प्रदेश सभा सदस्यमा तेह्रथुमकी कमला दर्नाल, मधेशी तर्फ मोरङका गीतारानी महतो, मुस्लिम तर्फ मोरङका नुरसदी वेगम, र थारुमा ललिताकुमारी चौधरी छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले पाएको एक सिटमा आदिवासी जनजाति महिला परेकी छिन् । मोरङकी विद्या चाम्लिङ राई समानुपातिक सुचीबाट सांसद बनेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *