माैसम पूर्वानुमान : यस्ताे रहनेछ ३ दिनकाे माैसम
२०७९ मंसिर २३ गते

जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पूर्वानुमान महाशाखाले आजसहित ३ दिनकाे माैसम पूर्वानुमान गरेकाे छ । आज बिहानसम्म देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्ताे रहनेछ ३ दिनकाे माैसम
२०७९ मंसिर २३ गते (शुक्रबार)
- दिउँसो: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
- राती: प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ मंसिर २४ गते (शनिबार)
- दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ ।
- राती: देशभर मौसम सामान्यतया सफा रहनेछ ।
२०७९ मंसिर २५ गते (आइतबार)
- दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ ।
- राती: मधेश प्रदेश, गण्डकी प्रदेश तथा लुम्विनी प्रदेशहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
२०७९ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित









