रौतहटमा छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको आरोप लाग्दा तनाव

हवाई फायर गरेर प्रहरीबाट उद्धार

जनकपुरधाम । रौतहटको यमुनामाई गाउँपालिका ४ स्थित श्री जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले एक शिक्षकलाई नियन्त्रणमा लिएर कुटपिट गर्दा अवस्था तनावग्रस्त बनेको छ ।

५ कक्षाकी एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले शिक्षक बिजय सिंहलाई कुटपिट गरेका हुन् । विद्यार्थीहरुले कुटपिट गरिरहँदा प्रहरीले हवाई फायर गरेर शिक्षक सिंहको उद्धार गरेका छन् ।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी माधव यादवले शिक्षकलाई उद्धार गर्ने क्रममा विद्यार्थीहरु ढुंगामुढा गर्दा २ राउण्ड हवाई फायर गरेको बताए । उनका अनुसार अहिले स्थिति नियन्त्रणमा आएकाे छ ।

शिक्षक सिंहलाई प्रहरीले विद्यार्थीबाट उद्धार गरेर जिल्ला प्रहरी कार्यालय गौर लगेको छ । उनीमाथि उजुरी नपरेको र दुर्व्यवहार गरेको आरोपको विषयमा अनुसन्धान सुरु गरिएको डिएसपी यादवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *