संसदका महासचिवलाई सर्वोच्चको प्रश्न : कुन कानुनलाई टेकेर महाभियोग निस्प्रभावी भन्नुभयाे ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निस्प्रभावि भएको भन्दै संसदका महासचिवले सर्वोच्चमा पत्र पठाएपछि सर्वोच्चले उनलाई उल्टै प्रश्न सोधेको छ ।

बुधबार सर्वोच्च अदालतमा संसद सचिवालयको पत्र पुगेपछि बसेको सर्वोच्चको फुलकोर्टको बैठकले महासचिवसँग पत्रको कानुनी आधार माग गरेको हो ।

सर्वोच्चका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले महासचिवलाई ६ वटा प्रश्न सोध्दै पत्र पठाएका छन् । महासचिवलाई तत्लका जानकारी पठाउन सर्वोच्चको पत्रमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *