जबराकाे समर्थनमा सर्वोच्च पुगेकी तारा बरालद्वारा वकिलहरूमाथि जुत्ता प्रहार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई सर्वोच्च अदालतमा छिर्न दिनुपर्छ भन्ने माग गर्दै सर्वोच्च अदालत पुगेकी सामाजिक सञ्जालमा सक्रिय महिला तारा बरालले वकिलहरुमाथि जुत्ता प्रहार गरेकी छन् ।

जबरामाथिको निलम्बन फुकुवा गर्ने कार्य कानुन विपरीत रहेको भन्दै सर्वोच्च परिसरमा धर्ना दिइरहेका वकिलहरुमाथि उनले जुत्ता प्रहार गरेकी हुन् ।

जबरालाई अदालत छिर्नबाट रोक लगाउने वकिलहरु र अदालत छिर्न दिनुपर्छ भन्ने जबराका समर्थकहरु विवाद देखिएपछि बरालले जुत्ता प्रहार गरेकी हुन् । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले बराललाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *