सर्वोच्चमा सुरक्षा व्यवस्था कडा, बारका वकिलहरु प्रदर्शनमा (तस्बिरसहित)

काठमाडौँ । निलम्बन फुकुवा भएका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा जाने तयारी गरेपछि अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जबराको निलम्बन फुकुवा कानुनविपरीत रहेको भन्दै सर्वोच्च बार एशोसिशनले उनलाई सर्वोच्च अदालत प्रवेश गर्नबाट रोक्ने भएपछि सम्भावित झडपलाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

हाल सर्वोच्च बारका वकिलहरु सर्वोच्च प्रर्दशनमा उत्रिएका छन् । उता प्रधानन्यायाधीश जबरा भने सर्वोच्च अदालत जान आफ्नो सरकारी निवास बालुवाटारबाट निस्किने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *